English | FrançaisKreyòl Ayisyen | Español | ภาษาไทย | Kiswahili

एकाउण्टेबिलिटी काउन्सिल (Accountability Counsel) आफ्ना गतिविधिहरुलाई सदाचारिताका साथ उच्चस्तरको व्यवसायिकता र नैतिकताका साथ हामीले सहकार्य गर्ने समुदाय तथा संस्थाहरुको अधिकार, हित एवं संगठनहरुप्रति पूर्णरुपमा सम्मान गर्ने कुरामा प्रतिवद्द छ।

यदि तपाईलाई हामीले गर्ने कामहरुका बारेमा कुनै पनि चासो छ वा तल उल्लेख गरिएका नीतिको उल्लंघन हुने किसिमका कुनै गतिविधि वा हननका बारेमा जानकारी छन् भने यस फाराम भरी रिपोर्ट गर्न हामी आग्रह गर्दछौं। सबै रिपोर्टहरुलाई हामी गम्भीरतापूर्वक लिनेछौं। बेनामी वा नाम नखुलाई समेत रिपोर्ट गर्न सकिनेछ। हामी त्यसरी गरिएको रिपोर्टको विरोध गर्ने वा रिपोर्ट गरेका व्यक्तिहरुविरुद्द कुनै पनि भेदभाव गर्ने छैनौं।

कुनै पनि चासो वा त्यसपछिको रिपोर्ट व्यवस्थापनसम्बन्धी जानकारीलाई सदैव सुरक्षित राखिनेछ भने त्यस्तो रिपोर्टउपर कार्यवाही गर्ने व्यक्तिहरुलाई मात्र उपलब्ध गराईनेछ। एकाउण्टेबिलिटी काउन्सिल (Accountability Counsel) ले नीति उल्लंघनका यस्ता अभिलेख एवं विवरणहरुलाई गोपनीय, विस्तृत एवं हुबहु रुपमा व्यवस्थित बनाई सुरक्षित ढंगले भण्डार गरी राख्ने कुराको सुनिश्चितता गर्नेछ।

हाम्रो नीतिका बारेमा थप जानकारी तल पाउन सकिनेछः

यदि तपाईसँग यी नीतिहरुका बारेमा कुनै प्रश्नहरु भएमा कृपया हामिलाई ethics@accountabilitycounsel.org मार्फत सम्पर्क गर्नुहोस्। हाम्रा वित्त एवं प्रशासकीय निर्देशक एवं कार्यकारी निर्देशकले त्यस्ता ईमेलहरु प्राप्त गर्नुहुनेछ।